२०८३ मंसीर १ गते , सोमबार

झापामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवा पक्राउ

sajilo news
झापा
२०८३ मंसीर १ गते , सोमबार
झापामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवा पक्राउ

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा झापाको अर्जुनधाराबाट २४ वर्षीय युवा पक्राउ परेका छन्।प्रहरीका अनुसार आरोपितले गत कात्तिक २२ गते बालिकालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको प्रारम्भिक जाहेरीमा उल्लेख छ। पीडित बालिका आरोपितकी सौतेनी आमातर्फकी छोरी हुन्।

घटनाबारे पीडित पक्षबाट कात्तिक २८ गते इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले आरोपितलाई पक्राउ गरेको हो।

पक्राउ परेका युवक र पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार