२०८३ मंसीर १ गते , सोमबार
छठ पूजामा विवाद गर्ने झापाका एक युवक पक्राउ
झापाको बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति ११.५० बजे कनकाई नगरपालिका ८ स्थित बिरिङ पुलमा प्रदेश १–०२–०४५ प ७२९५ नम्बरको स्कुटर चालक अर्जुनधारा ५ बस्ने २६ वर्षीय अरुण डाँगीले मादक पदार्थ सेवन गरी विवाद गरेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमान्डको टोलीले सम्झाइबुझाइ गर्दा डाँगीले प्रहरीसँग नै विवाद गरेका थिए । उनलाई स्कुटरसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।