२०८३ भाद्र १७ गते , बुधबार

भोटेकोशी बाढी : १२ सय २२ शव फेला, ८८२ शवको व्यवस्थापन

sajilo news
झापा
२०८३ भाद्र १७ गते , बुधबार
भोटेकोशी बाढी : १२ सय २२ शव फेला, ८८२ शवको व्यवस्थापन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२२२ जनाको शव फेला परेको छ। जसमध्ये ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव र ४२१ आशिंक अंग रहेका छन्। यस्तै ८२ वटाको पनि पहिचान खुलेका छन्।

प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म भेटिएका शवहरुमध्ये ८८२ शवको व्यवस्थापन गरिएको छ। शवको पहिचानका लागि १०९२ मृतक र ५६३ मृतकका आफन्तहरुको गरी १६५५ जनाको डिएनए संकलन गरिएको छ।

बाढीमा परी अझै ४८७५ जना बेपत्ता रहेका छन्। बेपत्ता रहेकाहरुमा २४४४  पुरुष र ४८० जना महिला महिला छन्। यस्तै ६०१ जना विदेशी नागरिक छन्। फोनबाट टिपोट गरिएको बेपत्ताहरुको संख्या १३५० रहेको छ।

सम्बन्धित समाचार