२०८३ असार ६ गते , शनिबार

स्वर्णिम शिक्षा सदनको कक्षा १२ को नतिजा शतप्रतिशत, जोयेश थापा 'कचनकवल टपर'

sajilo news
पार्थ मण्डल
२०८३ असार ६ गते , शनिबार
स्वर्णिम शिक्षा सदनको कक्षा १२ को नतिजा शतप्रतिशत, जोयेश थापा 'कचनकवल टपर'

कचनकवल ।  झापाको कचनकवल गाउँपालिका-२ सुकुनाडिगीस्थित स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयका छात्र जोयेश थापाले कक्षा १२ मा 'गाउँपालिका टप' गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्वजनिक गरेको २०८१/८२ को कक्षा १२ को वार्षिक परीक्षामा स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयका छात्र थापाले ३.९६ जीपीए ल्याउँदै 'गाउँपालिका टप' गरेका हुन् । विद्यार्थी थापाले ल्याएको जीपीए म्यानेजमेन्टमै सबैभन्दा उत्कृष्ट भएकोले कोशी प्रदेशभर नै प्रथम हुन सक्ने सम्भावना रहेको विद्यालयका प्रिन्सिपल दिवस भट्टराईले जानकारी दिए । 

साथै विद्यालयबाट परीक्षामा सहभागी सबै ३४ जना विद्यार्थी उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल भट्टराईले बताए । 

उत्तीर्ण विद्यार्थीहरूमध्ये १२ जनाले A+, ११ जनाले A र ११ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीहरूको मेहनत तथा शिक्षकहरूको समर्पणलाई थप पुष्टि गरेको उनको भनाई छ । उनका अनुसार स्वर्णिम शिक्षा सदनको स्थापना २०६५ सालमा भएको हो । कक्षा १२ सम्मको पठनपाठन २०६९ सालबाट सुरु भएको हो । स्वर्णिम शिक्षा सदन कचनकवल गाउँपालिकाको पहिलो संस्थागत प्लस–टु विद्यालयका रूपमा परिचित छ।

यता विद्यालयका प्लस टु प्रमुख जीवन भट्टराईले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन। साथै, यस सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालयसँग आबद्ध सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरेका छन्।

सम्बन्धित समाचार