२०८३ बैशाख १५ गते , मंगलबार

झापा गाउँपालिकामा चोरीमा संलग्न पाँच जना पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १० गते , विहीबार
झापा गाउँपालिकामा चोरीमा संलग्न पाँच जना पक्राउ

झापा गाउँपालिकामा चोरीमा संलग्न पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी-७ बस्ने भुन्टे भन्ने अजय यादव, सोही ठाउँ बस्ने वर्ष २५ का राजेश गनगाई,झापा गाउँपालिका-६ शरणागति बस्ने वर्ष ३५ का कमल ल्वागुन, सोही ठाउँ बस्ने वर्ष २६ का सागर यादव र वडा नं .७ मदरगाछ बस्ने वर्ष ४२ का लोकबहादुर राई रहेका छन् ।

विदेशमा रहेका झापा गाउँपालिका-६ बरडाङ्गी बस्ने मोहन गनगाईको घरमा कोही नभएको अवस्थामा चाँदीको सिक्री १७ तोला, कङ्गना १५ तोला र नगद रु.५ हजार गरी जम्मा १ लाख पचास हजार बराबरको धनमाल चोरी भएको थियो ।

सम्बन्धित समाचार