२०८३ बैशाख १० गते , विहीबार
बिर्तामोडको चिया बगानमा ब्राउन सुगरसहित तीनजना पक्राउ
झापाको बिर्तामोड बसपार्कनजिक चिया बगानमा लागू औषधसहित तीनजना पक्राउ परेका छन् । आज बिहान ४ बजे अर्जुनधारा–११ स्थित चिया बगानमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध ब्युरो काँकडभिट्टा , अस्थायी प्रहरी पोस्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त टोलीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा – ११ बस्ने वर्ष २५ का सन्जोग राई , सोही ठाउँ बस्ने वर्ष २५ का रुपेश दर्जी र वर्ष ३७ का अमृत दर्जी रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकबाहेक २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
उनीहरूको बा ४० प ३९९४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।