२०८२ चैत्र १५ गते , आईतबार

घरमा आगलागी, एसईईको तयारी गर्दै गरेका विद्यार्थीको मृत्यु

sajilo news
झापा
२०८२ चैत्र १४ गते , शनिबार
घरमा आगलागी, एसईईको तयारी गर्दै गरेका विद्यार्थीको मृत्यु

जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एसईईको तयारी गर्दै गरेका विद्यार्थीको मृत्यु भएको छ। 

गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सुर्खेत बस्दै आएका उनी एसईई परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए। उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। 

सम्बन्धित समाचार