२०८२ चैत्र १५ गते , आईतबार

हावाहुरीले भद्रपुरमा चार घरमा क्षति

sajilo news
झापा
२०८२ चैत्र १४ गते , शनिबार
हावाहुरीले भद्रपुरमा चार घरमा क्षति

हावाहुरीसहितको असिनापानीले झापाको भद्रपुरमा चार घरमा क्षति पुर्‍याएको छ । आज बिहान आएको हावाहुरीले भद्रपुर नगरपालिका-३ सतार बस्ती चार घरमा क्षति पुर्‍याउँदा १ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सतार बस्तीका बुधय मुर्मुको टिनको छानो र बेरा भएको एकतले घर हावाहुरीले उडाउँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। साथै उनका २० वटा कुखुराका चल्ला समेत मरेका छन्।

त्यस्तै सोही स्थानका कमल गणेशको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब १५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। सोही ठाउँका दुखिया महत्तोको टिनको छानो भएको भान्सा घर पनि पूर्ण रूपमा क्षति भई करिब ३५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ। त्यसैगरी, मिस्ति राजवंशीको टिनको छानो भएको एकतले घरमा पनि पूर्ण क्षति पुग्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ। घटनापछि प्रहरी चौकी मेचीपारिको टोली आवश्यक सहयोगका लागि पुगेका थिए । 

सम्बन्धित समाचार