२०८३ श्रावण ९ गते , शनिबार

बाढी-पहिरोले मेची राजमार्गमा ठाउँ ठाउँमा अवरुद्ध

sajilo news
झापा
२०८० असार २८ गते , विहीबार
बाढी-पहिरोले मेची राजमार्गमा ठाउँ ठाउँमा अवरुद्ध

वर्षासहित आएको बाढी पहिरोका कारण पूर्वको मेची राजमार्गसहित तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सञ्चालन भइरहेका छन् ।

आज बिहान ९ बजेको अद्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली, इलाम-फिदिम र गणेशचोक -ताप्लेजुङ-ओलाङचुङ्गोला सडक खण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मुलघाट माझीटार-अमरापुरडाँडा सडक खण्ड पनि अवरुद्ध सडक विभागले जनाएको छ ।  यो सडक खण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्ण रुपमा ठप्प भएको हो ।

विभागका अनुसार सङ्खुवासभाको मुढे, हाइटार र दोभानमा पहिरो जाँदा कोशी राजमार्गसहित अन्य १८ सडक भने एकतर्फी सञ्चालन भइरहेका छन् ।

सम्बन्धित समाचार