२०८३ कार्तिक २ गते , आईतबार

गुजरातको औषधि कारखानामा विस्फोट, पाँच जना कामदारको मृत्यु

sajilo news
एजेन्सी
२०८३ कार्तिक १ गते , शनिबार
गुजरातको औषधि कारखानामा विस्फोट, पाँच जना कामदारको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातस्थित एक औषधि कारखानामा भएको विस्फोटमा परी कम्तीमा पाँच जना कामदारको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। स्थानीय अधिकारीले शनिबार उक्त जानकारी दिएका हुन्।

गुजरातको राजधानी गान्धीनगरबाट करिब २१० किलोमिटर दक्षिणमा पर्ने भरुच जिल्लाको सयाखा गुजरात औद्योगिक विकास निगम (जिआइडिसी) क्षेत्रमा रहेको कारखानामा शुक्रबार राति विस्फोट भएको थियो। 

जिल्ला मजिस्ट्रेटको कार्यालयका एक स्थानीय अधिकारीका अनुसार घाइतेहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो। विस्फोटपछि मिथाइलिन डाइक्लोराइड ग्याससमेत चुहावट भएको समाचारमा जनाइएको छ।

सम्बन्धित समाचार