२०८३ कार्तिक २ गते , आईतबार

झापामा बन्चरो प्रहार गरी एक वृद्धको हत्या

sajilo news
झापा
२०८३ कार्तिक १ गते , शनिबार
झापामा बन्चरो प्रहार गरी एक वृद्धको हत्या

झापाको अर्जुनधारामा एक वृद्धको हत्या भएको छ । आज साँझ ७ बजेतिर अर्जुनधारा नगरपालिका ७ मा पर्ने दाहाल चोकस्थित सडकमा स्थानीय अन्दाजी ७० वर्षीय दुर्गाबहादुर बस्नेतको हत्या भएको हो । बन्चरो प्रहार गरी उनको हत्या भएको हो । बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । उनको घाँटीमा चोट लागेको छ भने बन्चरो घटनास्थलमा फेला परेको छ । प्रहरी टोलीले घटनास्थल पुगेर सुरक्षित राखेको छ ।

यसैबीच इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक मनिश लुइँटेल नेतृत्वको टोलीले घटना भएको एक घण्टाभित्र अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रविन लिम्बू रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार