२०८३ आश्विन १३ गते , मंगलबार
धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुनसरीको धरानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ आरालाईनमा श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल मंगलबार बिहानका राति १ः०५ बजेतिर सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा मोटरसाइकल चालक करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ