झापा–१ बाट विश्वप्रकाश शर्मासहित २९ जना महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ बाट विभिन्न समावेशी समूह र खुला प्रतिस्पर्धामार्फत २९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम मत परिणामअनुसार खुला पुरुषतर्फ विश्वप्रकाश शर्मा सर्वाधिक ६३८ मतसहित निर्वाचित भएका छन्। त्यस्तै केशवराज पाण्डे ५२७, नारायण गिरी ४५०, भुपु राई (भुपु कान्छा) ४४३, अर्जुन राई ४४४, प्रेम सम्बाहाङ्फे –लिम्बू) ४४१, गोपाल तामाङ ४३९, लोकराज ढकाल ४२६, पुष्पराज पौडेल ४०० र टेकबहादुर लिम्बू (भरत) ३४४ मतसहित निर्वाचित भएका छन्।
खुला महिलातर्फ सुशीला रिजालले ४२८, रचना ओली घिमिरेले ४०५, राधा कार्कीले ४०० र कुसुम भट्टराई कोइरालाले ३६६ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि बनेका छन्।
खस आर्य खुलातर्फ मनोज घिमिरे २७८ र धनकाजी खत्री २२४ मतसहित निर्वाचित भएका छन्। खस आर्य महिलातर्फ ज्ञानु थापा रिजालले २७७ र चन्द्रकला भट्टराईले २६६ मत प्राप्त गरी विजयी बनेका छन्।
आदिवासी जनजाति खुलातर्फ चक्र शेर्मा लिम्बूले ४०० र खड्गबहादुर धिमालले ३०२ मत प्राप्त गरी निर्वाचित भएका छन्। यही समूहको महिला क्लस्टरतर्फ विटु गुरुङ ४६७ र विना तामाङ ३६० मतसहित निर्वाचित भएका छन्।
३५ वर्षमुनिका युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि बनेका चोलिन्द्र दाहालले २७३ र भुपेन्द्रसिंह थेवेले २२८ मत प्राप्त गरेका छन्। युवा महिलातर्फ निश्ता निरौला नेपाल ४११ मतसहित निर्वाचित भएकी छन्।
अपाङ्गता समूहबाट गंगाप्रसाद संग्रौला २०९ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन्। पेशागत तथा विषय विज्ञ समूहबाट अजयकुमार घिमिरेले ४०६ र श्रमिक समूहबाट विशाल तामाङले ३१९ मत प्राप्त गरी जित हासिल गरेका छन्।