२०८३ आश्विन १३ गते , मंगलबार

कांग्रेस झापा–३ : महाधिवेशन प्रतिनिधिमा को–को निर्वाचित भए ?

sajilo news
झापा
२०८३ आश्विन १३ गते , मंगलबार
कांग्रेस झापा–३ : महाधिवेशन प्रतिनिधिमा को–को निर्वाचित भए ?

नेपाली काँग्रेस झापा क्षेत्र नं. ३ को केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। परिणाममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षसँग निकट मानिएका उम्मेदवारहरूको वर्चस्व देखिएको छ।

प्रत्यक्षतर्फ महिला खुलातर्फ उर्मिला कुमारी गौतम २५५, यशोदा कार्की २३६, लता कार्की २१५ र समता दाहाल कार्की ३०९ मतसहित निर्वाचित भएका छन्।यस समूहमा तुलसा थापाले १०४, प्रमीला देवी कोइरालाले १३२, विष्णु कुमारी घिमिरे (विमली) ले १५४, लक्ष्मी निरौला अधिकारीले २११, शर्मिला अधिकारीले २१८ र सविता घिमिरे मैनालीले २०९ मत प्राप्त गरेका छन्।

खुलातर्फ गणेश पोखरेल ४६२, जगदीश काफ्ले २८६, जगत् बहादुर बस्नेत २४९, टिकाराज ढकाल २६६, पुनलाल राजवंशी (टोम) २३३, नवीन विमली ४६५, भरत प्रसाईँ ३१९, महावीर लिम्बू (रञ्जित) २८८, मोहन महर्जन २९८ र राजेन्द्र कुमार घिमिरे ४२६ मतसहित निर्वाचित भएका छन्।

खुला समूहमा  झमक बहादुर खड्काले १२० मत प्राप्त गरेका छन् मत प्राप्त गरेका छन्। त्यस्तै आशिष् कोइराला १२६, उमाराम प्रसाईँ १८९, उत्तम कुमार सुवेदी १२५, ओमप्रकाश गौतम २१६, झमक बहादुर खड्काले १२०, तोयानाथ गडतौला १८०, देवराज कार्की १६६, नगेन्द्र पोखरेल (नवीन) ११४, वेदनिधि भण्डराई १३५, बोधकृष्ण सुवेदी ११२, मनप्रसाद कोइराला १४३, रविन पुरी ९५ र होमनाथ निरौला (नीरज) १४९ मत प्राप्त गरेका छन्।

युवा महिलातर्फ सदिक्षा खड्का २८७ मतसहित निर्वाचित हुँदा निलम कार्कीले २५२ मत प्राप्त गरिन्।युवा खुलातर्फ भीमसैन शेर्पा लिम्बू ३३२ र नारायण नेपाल ३२८ मतसहित निर्वाचित भएका छन्। इन्द्र लिम्बूले १६५, दीपक कुमार शाहले ११४ र प्रकाश फुयाँलले १४८ मत प्राप्त गरेका छन्।

पेशागत विषय विज्ञतर्फ अधिवक्ता यज्ञ प्रसाद अधिकारी ३०६ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अधिवक्ता सुरज खत्रीले २९१ मत प्राप्त गरे।प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व पीडिततर्फ नरेन्द्र कुमार काफ्ले २४६ मतसहित निर्वाचित भएका छन्। गोपाल प्रसाद भुर्तेलले १०८ र शान्ति प्रसाद अर्यालले २०५ मत प्राप्त गरेका छन्।

अल्पसङ्ख्यकतर्फ लखन हेमरम ३६० मतसहित निर्वाचित भएका छन्। दीपेश कुमार शाहले १३२ मत प्राप्त गरे।समानुपातिकतर्फ आदिवासी जनजाति महिलातर्फ रत्ना कुमारी राजवंशी ३५२ र सविना शेर्मा लिम्बू ४०९ मतसहित निर्वाचित भएका छन्। शिला तामाङले ३१८ मत प्राप्त गरिन्।

आदिवासी जनजाति खुलातर्फ मनोज सुब्बा ३६९, दिलकुमार नेम्बाङ ३४३ र खड्ग प्रसाद राजवंशी ३२० मतसहित निर्वाचित भएका छन्। कैलाश राईले २८२ र भैरव प्रसाद सिंह राजवंशीले २३९ मत प्राप्त गरे।खस आर्य महिलातर्फ सिता जोहारी खरेल ३३९ मतसहित निर्वाचित भएकी छन्। मिना आचार्य मुरागाईले २०९ मत प्राप्त गरिन्।

खस आर्य खुलातर्फ कृष्ण प्रसाद प्रसाईँ २५३ र वेणु प्रसाद सिटौला १८७ मतसहित निर्वाचित भएका छन्। खगेन्द्र सुवेदीले १६३, भीम बहादुर कार्कीले १६३, मित्रलाल खनालले १३३ र राजेन्द्र प्रसाद ओलीले १३४ मत प्राप्त गरेका छन्।

नवीन घिमिरेले ४६५, गणेश पोखरेलले ४६२ र राजेन्द्र कुमार घिमिरेले ४२६ मत प्राप्त गरेका छन्। निर्वाचन परिणामले झापा–३ मा काँग्रेसको आन्तरिक समीकरणमा पूर्व सिटौला पक्षको वर्चस्व रहेको देखाएको काँग्रेस कार्यकर्ताहरूको बुझाइ छ।

सम्बन्धित समाचार