२०८३ भाद्र २० गते , शनिबार

झापाको सीडीओमा आफ्नै जिल्लाका श्रवणकुमार पोखरेल

sajilo news
झापा
२०८३ भाद्र १९ गते , शुक्रबार
झापाको सीडीओमा आफ्नै जिल्लाका श्रवणकुमार पोखरेल

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सहसचिव श्रवणकुमार पोखरेल आउने भएका छन् ।  झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका स्थायी बासिन्दा पोखरेललाई गृह मन्त्रालयको निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाउन लागेका हुन् । 

अनुभवी तथा मिजासिलो प्रशासकका रूपमा परिचित पोखरेल यसअघि पनि झापामा प्रशासनिक जिम्मेवारी सम्हालिसकेका छन्। उनी २०६२।०६३ को जनआन्दोलनअघि शाही शासनकालमा जिल्ला प्रशासन कार्यालय झापामा प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। त्यसैगरी, पोखरेलले मालपोत कार्यालय झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

झापामै रहेर विगतमा प्रशासनिक जिम्मेवारी सम्हालिसकेका पोखरेललाई पुनः जिल्लाको प्रमुख प्रशासनिक अधिकारीका रूपमा जिम्मेवारी दिइएको हो। यसैबीच, झापाका वर्तमान प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ। गेलालले पदबाट राजीनामा दिए पनि उनको राजीनामा हालसम्म स्वीकृत नभएको बताइएको छ। पोखरेलको पदस्थापनसँगै झापाको प्रशासनिक नेतृत्वमा परिवर्तन हुने भएको छ।

सम्बन्धित समाचार