२०८३ भाद्र २० गते , शनिबार

विद्यालय पोसाकमा रहेका छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

sajilo news
मोरङ
२०८३ भाद्र १९ गते , शुक्रबार
विद्यालय पोसाकमा रहेका छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

विराटनगरको महेन्द्र चोकमा विद्यालय पोसाकमा हिँडिरहेका छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेशकुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगरमा बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसाद रहेका छन्।

मोरङ प्रहरीका सूचना अधिकारी तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको हो। प्रहरीका अनुसार भदौ १९ गते महेन्द्र चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार उनीहरूले बाटोमा हिँडिरहेका विद्यालय पोसाकका दुई छात्रालाई लक्षित गरी अभद्र व्यवहार गरेका थिए।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तीव्र बनाएको थियो। विशेष टोली परिचालन गरी अनुसन्धान गर्ने क्रममा दुवै जनालाई विराटनगरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सम्बन्धित समाचार