२०८३ भाद्र २० गते , शनिबार
झापा गाउँपालिकामा ब्राउन सुगरसहित एक युवक पक्राउ
झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्तीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले गएराति करिब ८ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शङ्कास्पद युवकलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बाह्रदशी गाउँपालिका–७ का २७ वर्षीय सन्तोष क्षेत्रीले कालो प्लास्टिकको पोकामा लुकाइछिपाइ ल्याएको ब्राउन सुगर फेला परेको थियो । प्रहरीका अनुसार प्लास्टिकसहित उक्त लागूऔषध प्लास्टिकबाहेक १ ग्राम २६ मिलिग्राम रहेको छ।