२०८३ भाद्र १८ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा परी पत्रकार भट्टराई घाइते
नेपाल पत्रकार महासंघ झापा शाखाका निवर्तमान उपाध्यक्ष केशवप्रसाद भट्टराई मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। झापाको बिर्तामोड–४ निवासी ४६ वर्षीय भट्टराई बिहीबार बिहान ८ः४५ बजे अर्जुनधारा–७ मा दुर्घटनामा परेका हुन्
शनिश्चरेबाट खुदुनाबारीतर्फ जाँदै गर्दा उनी सवार मे २ प ३८७६ नम्बरको होण्डा मोटरसाइकलको अगाडिको चक्का अचानक खुस्किएर दुर्घटना भएको थियो। दुर्घटनाबाट उनको दाहिने हातको नाडी भाँचिएको छ।
घाइते भट्टराईको शनिश्चरे नगर अस्पतालमा प्राथमिक उपचारपछि हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार भाँचिएको हातको शुक्रबार शल्यक्रिया गरिने तयारी छ।
लामो समय कञ्चनजङ्घा एफएमको समाचार सम्पादकका रूपमा जिम्मेवारी सम्हालेका भट्टराई हाल स्वतन्त्र पत्रकार तथा लेखकका रूपमा सञ्चार क्षेत्रमा क्रियाशील छन् ।