२०८३ भाद्र १८ गते , विहीबार

सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

sajilo news
झापा
२०८३ भाद्र १८ गते , विहीबार
सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

सरकारले आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

‘नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गरेकाहरुको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्य तिथिका दिन २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको छ।’ उनले भने,‘उक्त दिन नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ।’ भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार २ सय ४ जनाको मृत्यु भएको पुष्टि भएको छ।  

सम्बन्धित समाचार