२०८३ श्रावण २३ गते , शनिबार

दुहवी–दमक १३२ केभी प्रसारण लाइनको टावर जडान कार्य धमाधम, ४ बजेपछि मात्र बिजुली आउने

sajilo news
झापा
२०८३ श्रावण २३ गते , शनिबार
दुहवी–दमक १३२ केभी प्रसारण लाइनको टावर जडान कार्य धमाधम, ४ बजेपछि मात्र बिजुली आउने

दुहवी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान कार्य धमाधम भइरहेको छ । जसरकारण आज पूर्वी नेपालका चार जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२र३३ केभी सबस्टेसनका उपकरणहरूको परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नं। ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जारी गरेको सूचनामा उल्लेख गरेको थियो । वैकल्पिक उपाय अपनाएर आइसोलेटेड मुभबाट विद्युत् आपूर्ति गराइएको प्राधिकरणको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा आज बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने कुराले उपभोक्ताहरू चिन्तित बनेका छन् ।

सम्बन्धित समाचार