२०८३ श्रावण २३ गते , शनिबार
झापामा ब्राउन सुगरसहित एक युवक पक्राउ
भारतबाट प्रतिबन्धित लागूऔषध लिएर आउँदै गर्दा झापा कमल गाउँपालिकाका एक युवक दक्षिणी सीमा क्षेत्रमा पक्राउ परेका छन् ।झापा गाउँपालिका-४ टाघनडुब्बामा प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल-.४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बूलाई पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनले कालो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ३ ग्राम ७३ मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ६ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी टाघनडुब्बामा राखिएको थियो । थप अनुसन्धान तथा कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।