२०८३ श्रावण २२ गते , शुक्रबार

इलामको माईखोला–राजदुवाली सडकमा करोडौँ खर्च, समस्या भने उस्तै

sajilo news
इलाम
२०८३ श्रावण २२ गते , शुक्रबार
इलामको माईखोला–राजदुवाली सडकमा करोडौँ खर्च, समस्या भने उस्तै

मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली सडकखण्डमा वर्षौँदेखि पहिरोका कारण यातायात अवरुद्ध हुँदै आएको छ। पछिल्लो पटक करिब एक महिनादेखि सडक बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणले दैनिक उपभोग्य सामग्रीको अभावदेखि बिरामी ओसार्नसम्म ठुलो सास्ती भोगिरहेका छन्।

२०७२ सालदेखि हालसम्म यो सडक मर्मतमा करोडौँ रुपैयाँ खर्च भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। अहिले पनि २ करोड १४ लाख रुपैयाँभन्दा बढी लागतमा कङ्क्रिट वाल, ग्याबिन वाल, ड्रेनेज, सोलिङ र ग्राभेलको काम भइरहेको छ। सडक डिभिजन कार्यालयले वर्षा नरोकिएकाले काममा ढिलाइ भएको जनाएको छ।

स्थानीयले भने बारम्बार मर्मतमा खर्च गर्नुभन्दा वैकल्पिक सडकलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्। यसैबीच, पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपमा ‘क्र्याक’ भेटिएपछि त्यसबाट चुहिएको पानीले पनि सडक कमजोर बनाएको आशङ्का गरिएको छ। प्रशासनले तत्काल मर्मत गर्न निर्देशन दिए पनि आयोजनाले अझै काम अघि नबढाएको जनाएको छ।

सम्बन्धित समाचार