२०८३ श्रावण ९ गते , शनिबार

अपडेट : जापानीज इन्सेफलाइटिस सङ्क्रमणबाट हल्दीबारीकी प्रमीलाको मृत्यु

sajilo news
झापा
२०८३ श्रावण ९ गते , शनिबार
अपडेट : जापानीज इन्सेफलाइटिस सङ्क्रमणबाट हल्दीबारीकी प्रमीलाको मृत्यु

जापानीज इन्सेफलाइटिस सङ्क्रमणबाट झापा हल्दीबारी गाउँपालिका–२ कदमचोककी प्रमीलाकुमारी राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।

​प्रादेशिक अस्पताल भद्रपुरको सघन उपचार कक्षमा उपचाररत राजवंशीको अस्पताल चिकित्सकहरूको अथक प्रयासका बाबजुद निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

​क्युलेक्स प्रजातिको सेतो लामखुट्टेको टोकाइबाट हुने जापानीज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो। हल्दीबारी उद्योग वाणिज्य सङ्घका महासचिव कृष्ण प्रसाईँका अनुसार चिकित्सकहरूले बचाउन हर सम्भव प्रयास गरे पनि उनको अवस्था निरन्तर जटिल बन्दै गएको थियो।

​नेपाली काङ्ग्रेसकी सक्रिय कार्यकर्ता तथा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकुमार राजवंशीकी श्रीमती प्रमीला सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील थिइन्।

​उनको पार्थिव शरीरलाई भोलि स्थानीय देउनियाँ पाराखोपीस्थित विश्रान्ति घाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

सम्बन्धित समाचार