२०८३ असार १८ गते , विहीबार

वेस्टइन्डिजलाई हराउँदै अष्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

sajilo news
एजेन्सी
२०८३ असार १७ गते , बुधबार
वेस्टइन्डिजलाई हराउँदै अष्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

साविक विजेता अष्ट्रेलिया जारी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।  गएराति बेलायतको द ओभलमा भएको सेमिफाइनलको पहिलो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२५ रनको सामान्य योगफल तयार पारेको थियो। 

१२६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले मात्र १३ ओभरमा २ विकेट गुमाएर १२७ रन बनाउँदै सहज जित दर्ता गर्‍यो। अष्ट्रेलियाले ४२ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पारेको थियो।

अष्ट्रेलियाको जितमा ओपनर बेथ मुनी र एश गार्डेनरले विष्फोटक ब्याटिङ गरे। सातौँ ओभरमा यी दुई क्रिजमा भेटिएपछि वेस्टइन्डिजका बलरहरू पूर्ण रूपमा दबाबमा परेका थिए। मुनी र गार्डेनरबिच तेस्रो विकेटका लागि मात्र ३७ बलमा ६३ रनको अविजित साझेदारी भएको थियो।

बेथ मुनीले ३६ बलमा ६१ रन बनाइन। उनले टी–२० विश्वकपमा आठौँ अर्धशतक हो। उनले न्युजिल्यान्डकी सुजी ब्याट्सको कीर्तिमानसँग बराबरी गरेकी छन्। 

एश गार्डेनरले २० बलमा ३५ रन जाडिन्।  महिला टी–२० विश्वकपको इतिहासमा आयोजना भएका १० वटा संस्करणमध्ये अष्ट्रेलिया फाइनल पुगेको यो आठौँ पटक हो। 

अहिलेसम्म अपराजित रहेको अष्ट्रेलिया आइतवार लर्ड्समा हुने फाइनल खेलमा आफ्नो सातौँ विश्वकप उपाधि उपाधि जित्ने दाउमा हुनेछ। अष्ट्रेलियाले उपाधिका लागि बिहीबार हुने घरेलु टोली इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबिचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार