२०८३ असार २० गते , शनिबार

जापानलाई स्तब्ध पार्दैै ब्राजिल अन्तिम १६ मा प्रवेश

sajilo news
एजेन्सी
२०८३ असार १६ गते , मंगलबार
जापानलाई स्तब्ध पार्दैै ब्राजिल अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ नकआउटको दोस्रो खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा जापानले ब्राजिल विरुद्ध १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा ब्राजिलले जापानविरुद्ध २ गोल निकाल्यो । जसको फलस्वरूप जापान नकआउट चरणबाट अगाडि बढ्न सकेन।

खेलको २९ औं मिनेटमा जापानको लागि काइशु सानोले गोल गरे। जापानको लागि सानोको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो। पहिलो हाफमा ब्राजिल विरुद्ध जापान हाबी देखिन्थ्यो। त्यसको ठिक विपरीत दोस्रो हाफमा ब्राजिलले जापान माथि दबदबा बनाइराख्यो। 

दोस्रो हाफको सुरुवाती समयदेखि नै ब्राजिलले जापानमाथि दबाब दिइरहेको थियो। जसको फलस्वरूप खेलको ५६औं मिनेटमा ब्राजिलका लागि कासामिरोले गोल गरे। उनले हेडर मार्फत उत्कृष्ट गोल गरेका हुन्। खेलको निर्धारित ९० मिनेटमा थप गरिएको छैटौँ मिनेटमा ब्राजिलले दोस्रो गोल गर्यो। ब्राजिलका लागि गाब्रियल मार्टिनेलीले गोल गर्दै खेल जापानको हातबाट खोसेका थिए। अन्तिम मिनेटमा गोल व्यहोर्दा जापान नकआउट चरणबाट अगाडि बढ्न सकेन। 

यी दुई टोलीको इतिहास हेर्ने हो भने इतिहासले ब्राजिललाई समर्थन गर्छ। यी दुई टोलीले फिफा विश्वकप २००६ मा समूह चरणमा भेट गरेका थिए। जसमा ब्राजिलले जापान विरुद्ध ४-१ को जित हासिल गरेको थियो।

सम्बन्धित समाचार