२०८३ असार ७ गते , आईतबार

साथी संस्थाद्वारा भद्रपुरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

sajilo news
झापा
२०८३ असार ६ गते , शनिबार
साथी संस्थाद्वारा भद्रपुरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भद्रपुर । भानुभक्त आचार्य जयन्तीको पूर्वसन्ध्यामा साथी संस्था भद्रपुरको आयोजनामा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। भद्रपुरका सामुदायिक तथा संस्थागत गरी १८ विद्यालयको सहभागिता रहेको प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणबाट उत्कृष्ट आठ विद्यालय छनोट गरी अन्तिम प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा इष्ट पोइन्ट स्कुल प्रथम, एमरेल्ड एकेडेमी द्वितीय, नेशनल मेरिगोल्ड तृतीय तथा सरस्वती माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः १५ हजार, १२ हजार, ९ हजार तथा ३ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै कुनै पनि विद्यार्थी खाली हात नफर्कियोस् भन्ने उद्देश्यले सबै सहभागी विद्यार्थीलाई प्रोत्साहन पुरस्कार, विद्यालयलाई मायाको चिनो तथा खाजाको व्यवस्था गरिएको थियो ।

संस्थाका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक समाजको बढ्दो प्रभावका कारण विद्यार्थीहरूमा हराउँदै गएको मौलिकता, अध्ययन संस्कार र बौद्धिक क्षमताको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।  संस्थाका अध्यक्ष विश्वराज थापा अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा घनेन्द्र रिजालले भानुभक्तसम्बन्धी गीत प्रस्तुत गरेका थिए भने लेखनाथ कोइरालाले कविता वाचन गरेका थिए।  साथी संस्थाका सम्पूर्ण सदस्य तथा विभिन्न दाताहरूको सहयोगमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोपेश बर्मनले गरेका थिए। 

सम्बन्धित समाचार