२०८३ जेष्ठ ७ गते , विहीबार

डाबर नेपालले उत्पादन गरेको ‘डाबर हनी’ गुणस्तरहीन

sajilo news
काठमाडौं
२०८३ जेष्ठ ७ गते , विहीबार
डाबर नेपालले उत्पादन गरेको ‘डाबर हनी’ गुणस्तरहीन

डाबर नेपालले उत्पादन गरेको ‘हनी’ (मह) अखाद्य रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको जानकारी दिएको हो।

विभागका वरिष्ठ अनुसन्धान अधिकृतले एक सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।

प्रयोगशाला परीक्षणमा महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउन, बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । 

सम्बन्धित समाचार