२०८३ बैशाख २९ गते , मंगलबार

आजको मौसम : यी प्रदेशमा मध्यम वर्षा र हिमपात

sajilo news
झापा
२०८३ बैशाख २९ गते , मंगलबार
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षा र हिमपात

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यस्तै, मंगलबार दिउँसो भने कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। साथै तराई भू(भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र बाँकी हिमाली तथा पहाडी/तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मंगलबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती प्रदेश र बाँकी हिमाली तथा पहाडी/तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।

सम्बन्धित समाचार