२०८३ बैशाख २९ गते , मंगलबार
एसइई : ग्यालेक्सी स्कुल भद्रपुरको नतिजा शतप्रतिशत
झापाको भद्रपुर-९ स्थित ग्यालेक्सी इङ्लिस स्कुलले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शतप्रतिशत ल्याएको छ । सोमबार प्रकाशित नतिजाअनुसार ग्यालेक्सी स्कुलबाट सहभागी सबै विद्यार्थी ग्रेडेड भएका छन् ।
विद्यालयका सहायक प्रिन्सिपल विवेक चम्लागाईंका अनुसार ग्यालेक्सीबाट सहभागी २३ जना विद्यार्थीमध्ये आठजना विद्यार्थी ३.६० जिपिएभन्दा माथि, १४ जना विद्यार्थी ३.२० जिपिएभन्दा माथि र एकजना विद्यार्थीले २.८० जिपिएभन्दा माथि ल्याएका छन् । गत वर्ष २०८१ को एसइई नतिजामा ग्यालेक्सीबाट ९१.२५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
ग्यालेक्सीबाट २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड भएका थिए । यसबर्ष पनि ग्यालेक्सीले नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाइएको छ ।