२०८३ बैशाख २९ गते , मंगलबार

झापामा एसइईको नतिजा : ७०.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५६ जनाले ल्याए ४ जीपीए

sajilo news
पार्थ मण्डल
२०८३ बैशाख २९ गते , मंगलबार
झापामा एसइईको नतिजा : ७०.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५६ जनाले ल्याए ४ जीपीए

झापा । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाअनुसार  झापा जिल्लामा १० हजार ८३० जना विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् भने ४ हजार ५४२ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको  नतिजाअनुसार जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ७०.४५ रहेको छ भने २९.५४ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्।  यस वर्ष झापामा ४.०० जीपीए प्राप्त गर्ने ७ सामुदायिक विद्यालयबाट १३ जना र ३१ संस्थागत विद्यालयबाट ४३ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन्। कुल ५६ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेको   शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । 

ग्रेड अनुसारको विवरण हेर्दा ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या १ हजार ८११ रहेको छ। यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने ३ हजार ४२७ जना, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ५४६ जना, २.४० देखि २.८० जीपीए ल्याउने १ हजार ८५५ जना तथा २.०० देखि २.४० जीपीए ल्याउने १९१ जना रहेका छन्। झापामा कुल १५ हजार ३७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जिल्लाको समग्र नतिजाले अघिल्ला वर्षहरूको तुलनामा सकारात्मक सुधार देखाएको  जनाइएको छ । 

सम्बन्धित समाचार