२०८३ बैशाख २९ गते , मंगलबार

एसईईमा कति विद्यार्थी नन ग्रेडेड भए ?

sajilo news
झापा
२०८३ बैशाख २९ गते , मंगलबार
एसईईमा कति विद्यार्थी नन ग्रेडेड भए ?

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार एसईईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका हुन्।  यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले सहभागी थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। १.६ देखि २ जीपीए ल्याउने ७ जना मात्र छन्। 
२ देखि २.४ जीपीए ल्याउने ५ हजार १९० 
२.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७
२.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२
३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार ३९२
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

सम्बन्धित समाचार