२०८३ बैशाख ६ गते , आईतबार

झापाको गौरादहमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

sajilo news
झापा
२०८३ बैशाख ६ गते , आईतबार
झापाको गौरादहमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका-९ का २७ वर्षीय पदमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शनिवार साँझ ७:५० बजे पाडाजुँगी –गौरीगंज सडकखण्डको गौरादह नगरपालिका-१ स्थित सितापुरी चोकमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक दमक-९ का ३३ वर्षीय दिपबहादुर मगरलाई सामान्य चोट मात्र लागेको थियो ।

सोही मोटरसाइकलमा पछाडि सवार पदमबहादुर गम्भीर घाइते भएका थिए । पदमबहादुरलाई नगर अस्पताल गौरादहमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो । त्यहाँबाट उनलाई राति १०:१० बजे विराटनगरको नोबेल अस्पताल रेफर गरिएको थियो । उनको आज बिहान ३ः४० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार