२०८३ बैशाख ६ गते , आईतबार

‘स्ट्रेट अफ होर्मुज’ पार गर्न खोजे आक्रमण गर्ने इरानको चेतावनी

sajilo news
एजेन्सी
२०८३ बैशाख ६ गते , आईतबार
‘स्ट्रेट अफ होर्मुज’ पार गर्न खोजे आक्रमण गर्ने इरानको चेतावनी

इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ। इरानले जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनैपनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ।

फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा इरानले स्ट्रेट अफ होर्मुजको बाटो खुला गर्ने सहमति भएको थियो।

तर, लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका थिए। उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए।

सम्बन्धित समाचार