२०८३ बैशाख ६ गते , आईतबार
झापाको बुद्धशान्तिमा हरिणको सिङ फेला
झापाको बुद्धशान्तिमा हरिणको सिङ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार बुद्धशान्ति गाउँपालिका –३ स्थित चिलिमगढी घाटनजिकै हरिणको सिङ फेला परेको हो ।
हरिण चाहिँ फेला परेको छैन । गएराति १०ः३० बजे इलाका प्रहरी कार्यालय बुधबारे र सशस्त्र प्रहरी बल सुरक्षा बेस टिमाईबाट संयुक्तरुपमा गस्ती गर्ने क्रममा चिलिमगढी घाटमा सो हरिणको सिङ फेला परेको प्रहरीले जनाएको छ । हरिणको सिङ डिभिजन वन कार्यालय झापामा बुझाउने तयारी भइरहेको छ । प्रहरीले सो घटनाको अनुसन्धान पनि गरिरहेको जनाइएको छ ।