२०८२ चैत्र १५ गते , आईतबार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

sajilo news
काठमाडौं
२०८२ चैत्र १३ गते , शुक्रबार
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो। उनले आजै शपथ ग्रहण गर्दैछन्। 

सम्बन्धित समाचार