२०८३ बैशाख ९ गते , बुधबार
भद्रपुरमा एक बेवारिसे व्यक्तिको मृत्यु
भद्रपुरमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ । पाँच दिनअघि पुस ७ गते राति १०:५० बजे भद्रपुर-८ किरात भवन अगाडि लडिरहेको अवस्थामा तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५० का पुरुषलाई उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा हिजो राति ८ः२० बजे उनको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । हालसम्म आफन्त र नातेदारहरू कोही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
हिजो बिर्तामोडमा बेवारिसे अवस्थामा एक महिला मृत फेला परेकी थिइन् । बिहान ७:१५ बजे बिर्तामोड–३ स्थित गजुरमुखी टोल बस्ने चन्द्र थापाको जग्गामा रहेको टिनको छाना, टाटीको बेराले बनेको कच्ची टहराभित्र नामथर, वतन नखुलेको मागी खाइहिँड्ने अन्दाजी वर्ष ५५ की महिला मृत अवस्थामा फेला परेकी थिइन् ।