२०८३ बैशाख ११ गते , शुक्रबार

अभिषेक शर्माको शतकमा हैदराबादले दिल्लीलाई ४७ रनले हरायो

sajilo news
एजेन्सी
२०८३ बैशाख ९ गते , बुधबार
अभिषेक शर्माको शतकमा हैदराबादले दिल्लीलाई ४७ रनले हरायो

अभिषेक शर्माले शानदार शतक बनाएपछि विशाल योगफल खडा गरेको सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा हैदराबादले दिल्लीलाई ४७ रनले पराजित गरेको हो। हैदराबादले दिएको २४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो।

नितिश रानाले सर्वाधिक ५७ रन बनाए भने समिर रिज्भीले ४१ रन बनाए। केएल राहुलले ३७ अनि ट्रिस्टन स्टब्सले २७ रन बनाए। हैदराबादका लागि इशान मलिंगाले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। हर्श दुबेले ३ तथा दिल्शान मदुशन्का र साकिब हुसेनले १–१ विकेट लिए।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले अभिषेकको अविजित शतक मद्दतमा २० ओभरमा २ विकेट गुमाएर २४२ रन बनाएको थियो। अभिषेकले ६८ बलमा १० चौका र १० छक्कासहित अविजित १३५ रन बनाए।

हेनरिक क्लासेनले १३ बलमा अविजित ३७ रन बनाए। ट्राभिस हेडले २६ बलका ३७ तथा कप्तान इशान किशनले १३ बलमा २५ रन बनाए। दिल्लीका लागि कप्तान अक्षर पटेलले एक विकेट लिए। अर्को एक विकेट रनआउटमार्फत आएको थियो।

यो जितसँगै ७ खेलमा ८ अंक भएको हैदराबाद तेस्रो स्थानमा उक्लिएको छ भने पराजित दिल्ली ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा यथावत् छ।

सम्बन्धित समाचार