२०८३ बैशाख ११ गते , शुक्रबार

अब सदनमा फोटो वा भिडियो खिच्न मोबाइल फोन चलाउन नपाउने

sajilo news
झापा
२०८३ बैशाख ८ गते , मंगलबार
अब सदनमा फोटो वा भिडियो खिच्न मोबाइल फोन चलाउन नपाउने

अब सदन चलिरहेका वेला सांसदले मोबाइल फोन प्रयोग गर्न, फोटो वा भिडियो खिच्न नपाउने भएका छन्।  संसद्को गरिमा र बैठकको गम्भीरता कायम राख्न भन्दै नयाँ नियमावलीमार्फत यस्तो कडाइ गर्न लागिएको हो। मोबाइल बोक्न प्रतिबन्ध नभए पनि सेल्फी, भिडियो वा फोटो खिच्न पाइने छैन। 

मंगलबार सभामुख डीपी अर्यालसमक्ष पेश गरिएको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा’ मा सांसदहरूका लागि मोबाइल प्रयोगसम्बन्धी कडा प्रावधान प्रस्ताव गरिएको छ । 

रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा गठित समितिले तयार पारेको उक्त मस्यौदामा संसद् बैठक चलिरहँदा पालना गर्नुपर्ने ११ बुँदे नियमहरू समेटिएका छन्। तीमध्ये एक नियम मोबाइल फोन सम्बन्धी हो।

सदनमा सेल्फी खिच्ने, भिडियो बनाउने वा सामाजिक सञ्जालमा व्यस्त हुने प्रवृत्ति देखिएपछि नियमावलीमै यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ । मस्यौदाको नियम ११ को उपनियम ‘ट’ मा सभा हलभित्र मोबाइल फोन अनिवार्य रूपमा ‘साइलेन्ट मोड’मा राख्नुपर्ने उल्लेख छ।

सम्बन्धित समाचार