२०८३ बैशाख ९ गते , बुधबार
बाटोमा लडेर झापामा एकजनाको मृत्यु
बाटोमा लडेर झापामा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो अन्दाजी ४ बजे कमल गाउँपालिका –५ अम्बिका चोकदेखि किराँतेश्वर मन्दिर जाने भित्री कच्ची सडक खण्डमा सोही ठाउँका ५२ वर्षीय पर्शुराम रिजाल आफ्नो घरदेखि अन्दाजी ५ सय मिटर पूर्वतर्फ सो सडकको छेउमा लडेर मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।