२०८३ बैशाख ९ गते , बुधबार

बिर्तामोडमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर ६ वर्षीय बालकको मृत्यु 

sajilo news
झापा
२०८२ पौष १० गते , विहीबार
बिर्तामोडमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर ६ वर्षीय बालकको मृत्यु 

खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका एक बालकको मृत्यु भएको छ । गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका-४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए । घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । बालकको उपचारको क्रममा बुधवार साँझ सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार