२०८३ असार ३ गते , बुधबार

मेचीनगरमा इनार सफा गर्ने क्रममा दुईजना बेहोस

sajilo news
झापा
२०८२ जेष्ठ १० गते , शनिबार
मेचीनगरमा इनार सफा गर्ने क्रममा दुईजना बेहोस

झापाको मेचीनगरमा इनार सफा गर्ने क्रममा दुईजना बेहोस भएका छन् । शुक्रबार साँझ ७ बजे मेचीनगर नगरपालिका–२ भृकुटी बस्ने २० वर्षीय युनिश प्रधान आफ्नै घरको ३५–४० फिट गहिरो इनार सफा गर्नको लागि इनारभित्र छिरी सफा गर्ने क्रममा अक्सिजन कम भई अचेत भएका थिए ।

प्रधानलाई उद्धार गर्नको लागि उनका साथी सोही ठाउँ बस्ने २२ वर्षीय सचिन राई इनारभित्र छिरी तान्ने क्रममा उनी पनि बेहोस भएका थिए । त्यसपछि अन्य स्थानीयहरू भेला भई दुवै जनालाई इनारबाट बाहिर निकालेका थिए । युनिशलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ । सचिनको होस खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार