२०८२ चैत्र ३० गते , सोमबार

दमकका पूर्वनगर प्रमुख बुढाथोकीको निधन

sajilo news
झापा
२०८२ जेष्ठ ३ गते , शनिबार
दमकका पूर्वनगर प्रमुख बुढाथोकीको निधन

दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । आज बिहान १०.१० बजे उनको आफ्नै घरमा निधन भएको हो । ७३ वर्षका बुढाथोकी मिर्गौलाको समस्याबाट पीडित थिए । बुढाथोकी २०४९ सालमा दमक नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । उनी दमक क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पनि रहेका थिए ।

यसअघि नेकपा एमालेमा रहेका बुढाथोकी नेकपा एकीकृत समाजवादीमा आबद्ध हुँदै केन्द्रीय सदस्य बनेका थिए । अन्त्येष्टिअघि दमक नगरपालिकामा दिउँसो १ बजे श्रद्धाञ्जली सभा राखिएको नगर प्रमुख राम थापाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार