२०८१ श्रावण २ गते , बुधबार

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

sajilo news
पत्रपत्रिका
२०८० आश्विन ७ गते , आईतबार
दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

काठमाडौँ । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन भदौ ) मा करिब १८ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रुपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रुपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) मा तीन अर्ब २० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

भदौमा मात्र ५१ वटा नयाँ उद्योगमा दुई अर्ब ७२ करोड २४ लाख रुपैयाँ र एसपिए र एसएसएमार्फत् ११ वटा उद्योगमा तीन अर्ब १६ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ ।

भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगबाट पाँच हजार पाँच सय दुई जनाले रोजगारी पाउने छन् । यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार