२०८३ बैशाख १६ गते , बुधबार

मेचीनगरमा एक बर्ष : ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे

sajilo news
झापा
२०८० असार २० गते , बुधबार
मेचीनगरमा एक बर्ष : ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे

मेचीनगर । मेयर गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगर नगरपालिकामा चालु आर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी नगरक्षेत्रका सडक कालोपत्रे गरेको छ । नगरपालिकाले आफ्नो, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त बजेटले नगरका विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको हो ।

नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिएको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालले नगरमा ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे गरिसकिएको बताए ।

उनले सङ्घ र प्रदेशको सशर्त अनुदानबाट मेचीनगर-१० मा करिब २.५ किलोमिटर तथा वडा नं ६,७,र ८ को चार वटा स्थानमा करिब २।५ किलोमिटर कालोपत्रे निर्माण अन्तिम चरण रहेको बताए । त्यस्तै झापा मार्गमा १२ सय मिटर र पुष्प लाल मार्गमा १ किलोमिटर निर्माण कार्य पनि अन्तिम चरण रहेको बताए ।

नगरपालिकाले भौतिक पुर्वाधारसंगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिदैं आइरहेको छ । त्यस्तै पर्यटन प्रवर्धन, खानेपानी, बिजुली बत्तीलगायतका क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार