२०८३ बैशाख १६ गते , बुधबार
कनकाईको व्याण्डेज होटेलमा बियरको बोतल प्रहार, एक घाइते
झापाको कनकाई नगरपालिका– ४ स्थित त्रिवेणी टोलमा रहेको व्याण्डेज होटेलमा बियरको बोतल प्रहार गर्दा एक जना घाइते भएका छन् ।
गएराति ९ः३० बजे सो होटेलमा बसिरहेका स्थानीय ३० वर्षीय अर्जुन राईलाई १९ वर्षीय अशोक कार्की र १९ वर्षीय निर्मल कार्कीले एक्कासि पछाडिबाट बियरको बोतलले टाउकोमा प्रहार गरेका थिए । घाइते राईको टाउकोमा चोट लागेर प्रधान मेडिकलमा उपचार गराउन लगिएको थियो ।
कुटपिटमा संलग्नहरू तत्काल फरार रहे पनि राति ११:५० बजे कनकाई-४ त्रिवेणी टोलबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा कनकाई( ४ बस्ने वर्ष १९ का अशोक कार्की, सोही ठाउँ बस्ने वर्ष २१ का नीरज कार्की र वर्ष १९ का निर्मल कार्की रहेका छन् ।