२०८३ बैशाख १६ गते , बुधबार

बीपी राजमार्गमा ड्राइभर्सन बगायो

sajilo news
झापा
२०८३ बैशाख १६ गते , बुधबार
बीपी राजमार्गमा ड्राइभर्सन बगायो

वर्षाको कारण बीपी राजमार्ग बन्द भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरको कर्मचारी चन्द्र बहादुर लामाले बीपी राजमार्ग रोशि गाउँपालिकाका ५ स्थानको ड्राइभर्सनमा रोशी खोला बाढीको कारण बाटो बन्द भएको बताएका हुन् । लगिि

घुमाउने, चौकीडाँडा, चारसय बेसी, चिउरीबास र बोक्सिकुनामा ड्राइभर्सन बगाएको लामाले अन्नपूर्णसँग बताए । जिल्ला ट्राफिक प्रहरी काभ्रे प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुले मंगलबार बेलुका परेको पानीले गर्दा राजमार्ग बन्द भएको जानकारी दिए ।

रोशि खोला बढेपछि पूर्वबाट धुलिखेलतर्फ आउने सवारी खुर्कोटमा होल्ड गरेको छ । लगििबीपी राजमार्गको सिन्धुली(काभ्रे सडक बन्द भएपछि तराईतिरका सवारी साधन पुष्पलाल मार्गबाट रामेछाप, दोलखा हुँदै काठमाडौंतर्फ  लामो यात्रा गर्न बाध्य छन् । गत वर्षको बाढीले बीपी राजमार्ग पूर्ण क्षति पुगेपछि हाल सामान्य वर्षा भए सँगै राजमार्ग बन्द हुने गर्छ। 

सम्बन्धित समाचार