पन्जाब किंग्सको पहिलो हार, राजस्थान रोयल्स दोस्रो स्थानमा उक्लियो
इन्डियन प्रिमियर लिग (आईपीएल)को ४०औँ खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ। चण्डीगढमा गएराति भएको उच्च स्कोरको प्रतिस्पर्धामा राजस्थानले पन्जाबले दिएको २२३ रनको विशाल लक्ष्य ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो।
पन्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको चुनौती दिएको थियो। घरेलु मैदानमा पन्जाबका ब्याटरले उत्कृष्ट प्रदर्शन गरेपनि बलिङमा चुक्दा टोलीले हारको सामना गर्नु परेको हो।
पन्जाबले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका लागि डोनेभन फेरेराले विस्फोटक इनिङ्स खेले। उनले मात्र २६ बलमा अविजित ५२ रन जोड्दै टोलीलाई जितको नजिक पु¥याएका थिए। उनी ‘प्लेयर अफ द म्याच’ बने। उसका लागि ओपनर जयशस्वी जैसवालले २७ बलमा ५१ रन बनाउँदा अर्का आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीले मात्र १६ बल खेल्दा पाँच छक्कासहित ४३ रन बनाएका थिए। पराजित पञ्जाब ८ खेल खेल्दा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। समान खेल खेलेको राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा आरसिबी दोस्रो स्थानमा छ।