२०८३ बैशाख १६ गते , बुधबार

करिब ३ लाख रुपैयाँसहित सात जुवाडे पक्राउ

sajilo news
झापा
२०८० असार १९ गते , मंगलबार
करिब ३ लाख रुपैयाँसहित सात जुवाडे पक्राउ

तेह्रथुम प्रहरीले जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आठराई गाउँपालिका–१, संक्रान्ति बजार बस्ने टासी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत सातजनालाई सोमबार बिहान पक्राउ गरिएको हो । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई दुई लाख ९३ हजार ५०६ नेपाली रूपैयाँ र आठ हजार ३४० भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार