२०८३ बैशाख १६ गते , बुधबार

हाफ पाइन्ट र मिनिस्कट लगाउने सेवाग्राहीलाई झापा अदालतमा 'नो इन्ट्री'

sajilo news
पार्थ मण्डल
२०८० असार १८ गते , सोमबार
हाफ पाइन्ट र मिनिस्कट लगाउने सेवाग्राहीलाई झापा अदालतमा 'नो इन्ट्री'

भद्रपुर । झापा जिल्ला अदालत भद्रपुरले सेवाग्राहीले लगाएर आउने पोसाकमा कडाइ गरेको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै अदालतमा काममा आउने सेवाग्राहीहरूले अदालतको परिसरभित्र घुँडा भन्दा माथि महिलाको हकमा मिनिस्कट र पुरुषको हकमा हाप पाइन्ट जस्ता अस्वाभाविक देखिने प्रकारका पोसाक लगाएर प्रवेश गर्न निषेध गरिएको जानकारी गराएको छ । अस्वाभाविक पोसाक लगाएर प्रवेश गर्नेलाई प्रहरीले गेटबाटै फकाइदिने अदालत प्रशासनले जनाएको छ । 

सम्बन्धित समाचार