२०८३ बैशाख १६ गते , बुधबार
गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो ।
जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।
पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय काँग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।